२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने



काठमाडौँ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

केसीलाई कोरोना संक्रमित भएपछि उनको उपचार भइरहेको छ। उनलाई कोरोना संक्रमणका साथै निमोनियाको पनि समस्या देखिएको चिकित्सकहरुले जानकारी दिएका छन्। अध्यक्ष केसीको उपचार खर्चका लागि जनमोर्चाका कार्यकर्ताले आर्थिक सहयोग संकलन गरिहरेका थिए।
हाल केसीको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०७७ बिहिबार ००:००  १२ : ०६ बजे