४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

कांग्रेस केन्द्रीय समिति बैठक आज



काठमाडौँ ।

एक महिनादेखि स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो बस्दैछ। पार्टी कार्यालयमा सानेपामा दिउँसो १ बजे बैठक बोलाइए पनि नेताहरु पुग्ने क्रम भर्खर सुरु भएको छ। शुक्रबारको बैठकमा कांग्रेसको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने कार्यसूचि तय गरिएको छ।

आउँदो फागुनमा ७ देखि १० गतेसम्म तय भएको महाधिवेशन र त्यससँग सम्बन्धित तल्ला निकायको अधिवेशनको कार्यतालिका कोरोना महामारीका कारण प्रभावित भएपछि नयाँ मिति तय गर्न लागेको हो।

संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच अनौपचारिक सहमति जुटाएर निर्णय गर्न खोज्दा बैठक स्थगित हुँदै आएको थियो। नेताहरुले पौडेल पक्षले उठाएका १६ बुँदे मागबारे पनि सहमति कायम गर्ने कोसिस गरेका छन्।

पौडेल पक्षले क्रियाशिल सदस्यता टुंग्याएपछि मात्रै महाधिवेशनको मिति तय गर्नु उपयुक्त हुने अडान राखेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७७ शुक्रबार ००:००  १ : ५९ बजे