४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितल निवासमा



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। आज दिउँसो बस्ने नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली बुधबार बिहान शितल निवास पुगेका हुन्। नेकपा सचिवालय बैठक बस्ने कि नबस्ने अन्यौल भइरहेका बेला राष्ट्रपति भण्डारीको सक्रियता पनि बढेको छ।

हिजो राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाईसमेत भेटेकी थिइन्। प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले सचिवालय बैठक सारेर सहमतिको प्रयास गर्न सुझाव दिएकी थिइन्।

प्रधानमन्त्री ओलीले आजको सचिवालय बैठक सार्न चाहेका छन्। तर बहुमत सचिवालय सदस्यहरू भने बैठक गर्ने पक्षमा छन्। आजै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

प्रकाशित मिति : ३ मंसिर २०७७ बुधबार ००:००  ११ : ३८ बजे