१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

ओलीलाई हटाउनै पर्छः बाबुराम भट्टराई



काठमाडौँ ।

नेकपाभित्र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टीभित्र उठेको विद्रोह दश दिन पर सरेपछि पूर्व प्रधानमन्त्री एवं जसपाका नेता बाबुराम भट्टराईले भने उनलाई पदबाट हटाउनु पर्ने बताएका छन्।

ओलीका कट्टर आलोचकका रुपमा रहेका भट्टराईले ट्वीटरमार्फत नेकपाभित्रको विवाद आन्तरिक मामिला भए पनि उनलाई पदमा राख्न नहुने तर्क गरेका हुन्। भट्टराईले पार्टीको विवादमा राष्ट्रपति र विदेशी कूटनीतिज्ञलाई ठाउँ दिन नहुने उल्लेख गरेका छन्।

पार्टीभित्रैबाट ओलीमा असफल भएको र भ्रष्टाचार गरेका लिखित आरोप लागेपछि उनलाई पदमा राखिराख्न नहुने भट्टराईको जिकिर छ।

उनले लेखेका छन्, ‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्यरजनताका मुद्दा प्रतिपक्षी दलरजनताले उठाउनैपर्छ है, १ राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन २. ओली सरकारको असफलतारभ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।’

प्रकाशित मिति : ३ मंसिर २०७७ बुधबार ००:००  ६ : ०३ बजे