९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

ट्रम्प इतिहासकै गैरजिम्मेवार राष्ट्रपतिः बाइडेन



एजेन्सी ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्प अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेबार राष्ट्रपति भएको आरोप लगाएका छन्। ट्रम्पलाई आफू चुनाव जित्दिन भन्ने थाहा हुँदाहुँदै पनि आश्चर्यजनक रुपमा गेरजिम्मेबारी देखाएको बाइडेनको भनाइ छ।

ट्रम्पले चुनावमा हार स्वीकार नगर्नुलाई निन्दा गर्दै बाइडेनले यसले एउटा देशका रूपमा एकदमै भयानक सन्देश प्रवाह गरेको टिप्पणी गरे। “ट्रम्पले लोकतन्त्रले कसरी काम गर्छ भन्नेबारे बाँकी विश्वमा अविश्वसनीय रूपमा हानिकारक सन्देश पठाइरहेका छन्।’ बाइडेनले भने। ‘उनलाई अमेरिकी इतिहासको सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिका रूपमा सम्झिइनेछ।’

ट्रम्पले अहिलेसम्म हार स्वीकार गरेका छैनन् र विभिन्न राज्यमा मत परिणामविरुद्ध मुद्दा हालेका छन्। कोरोनाभाइरस सङ्कटबारे डेमोक्याट र रिपब्लिकन दुवै पार्टीका गभर्नरहरूसँग भएको भर्चुअल बैठकपछि बोल्दै बाइडेनले महामारीका बेला एकजुट हुन अमेरिकीहरूलाई आह्वान पनि गरेका छन्।

प्रकाशित मिति : ५ मंसिर २०७७ शुक्रबार ००:००  १० : ०४ बजे