भारत मध्यप्रदेशको केही सहरमा आज राती देखि कर्फ्यु


काठमाण्डौ ।

भारतको मध्यप्रदेशको केही सहरमा आजदेखि रातको समयमा कर्फ्यु लाग्ने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले मध्यप्रदेश सरकारले आजदेखि लागू हुने गरी रातको समयमा केही सहरमा कर्फ्यु लगाउने घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इंदौर, भोपाल, ग्वालियर,विदिशा र रतलाम सहरमा आजदेखि लागू हुनेगरी राति १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिने मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले जानकारी दिनुभयो ।

अति आवश्यक सेवामा जोडिएका मानिस र फ्याक्ट्रीका मजदुर भने राति पनि हिँड्न पाउनेछन् । अहमदाबाद सरकारले हिजोदेखि लागू हुनेगरी रातको ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेशको घोषणा गरिसकेको छ । तर नागरिकले भने कर्फ्युको विरोध गरेका छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस