छैठौँ धारा नेपालगञ्ज म्याराथन सुरु


नेपालगञ्ज ।

छैठौँ धारा नेपालगञ्ज म्याराथन सुरु भएको छ । नेपालका शीर्ष धावकहरु नेपालगञ्ज म्याराथनको उपाधी जितेर टोकियो ओलम्पिकमा जान प्रतिस्पर्धामा उत्रिएका छन् । म्याराथनको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव रमेश सिलवाल, नेपालगञ्जको मेयर डा। धवलशमशेर राणालगायतले उद्घान गरेपछि धावकहरु दौड्न सुरु गरेका छन् ।

१३ औँ सागका स्वर्ण पदक विजेता गोपीचन्द्र पार्की, नेपालगञ्ज म्याराथनको पहिलो संस्करण विजेता होमलाल श्रेष्ठ, दोस्रो विजेता कृष्ण बस्नेत, गत वर्षका विजेता नवराज साउद र गतवर्ष दोस्रो भएका खगेन्द्र भाटसहितका धावक सहभागी छन् ।

नेपालगञ्ज म्याराथन विजेताले टोकियो ओलम्पिकमा भाग लिन पाउने छन् । त्यसका साथै प्रथम हुनेले ७५ हजार रुपैयाँ पाउनेछन् । यसपाली रेकर्ड ब्रेक गर्नेलाई २५ हजार तत्काल दिने घोषणा गरिएको छ । टोकियो ओलम्पिकमा रेकर्ड ब्रेक गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा भइसकेको छ । हाफ म्याराथनमा १३ औँ सागमा सिल्भर मेडल विजेता पुष्पा भण्डारीसहितका धावक दौडिएका छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस