नेपालगञ्ज म्याराथनको उपाधि पार्कीलाई, टोकियो ओलम्पिकमा छनोट


काठमाण्डौ ।

छैठौं धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका धावक गोपीचन्द्र पार्कीले जितेका छन् । बिहान भएको म्याराथनमा उनले उपाधि जितेका हुन् । जितसँगै उनी अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन् ।

उनले त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पार्दै उपाधि जितेका हुन् । १३ औं दक्षिण एसियाली खेलकुद सागका ५ हजार मिटर दौडका स्वर्ण विजेतासमेत रहेका गोपीचन्द्र पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटर दूरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरे ।

दोस्रो भएका आर्मीका बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गरे । आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा पूरा गर्दै तेस्रो भए । उपाधि जितेसँगै गोपीचन्द्रले ७५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस