२४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ ।

पछिल्लो २४ घण्टामा शनिबार थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ संक्रमितको संख्या पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ५२ हजार ४३ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार १४४ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २४ हजार ९छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७५७ जना रहेका छन् ।


यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको १ लाख ९३ हजार ३२५ संख्या पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएसँगै हालसम्म मृत्युहुनेको संख्या १ हजार ३०५ पुगेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस