भारतमा थप ४५ हजार जनामा संक्रमण


काठमाडौँ ।

भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४५ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ९५ हजार ९०८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८५ लाख २० हजार ३९ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४९९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार २६३ पुगेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस