२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

भरतपुर अस्पतालको आइसियुमा ७३ वर्षीया महिलाको मृत्यु



काठमाडौं ।

चितवनस्थित भरतपुर अस्पतालको आइसियुमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका २१ की ७३ वर्षीया ती महिलाको आज दिउँसो बिहान पौने १२ मृत्यु भएको अस्पतालले जनाएको छ।

महिलालाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो। त्यसपछि उनी २३ गते अस्पतालमा भर्ना भएकी थिइन्। उनलाई कात्तिक २५ गते कोरोना पुष्टि भएको थियो।

यो सँगै चितवनमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ। चितवनमा ३ सय २७ उपचाररत छन्। हालसम्म ६ हजार ४ सय २१ मा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : ९ मंसिर २०७७ मंगलबार ००:००  २ : ५५ बजे