४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

विश्वभर कोरोनाः १ लाख ४ हजार कोरोना संक्रमितको अवस्था गम्भीर



काठमाडौँ ।
विश्वभर विभिन्न अस्पतालमा उपचाररत १ लाख ४ हजारभन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको छ । वर्ल्डोमिटर्सका अनुसार हाल विश्वभर १ करोड ७४ लाख ६८ हजार ८२४ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १ लाख ४ हजार ९०३ जनाको अवस्था गम्भीर रहेको छ ।

दोस्रो लहरको संक्रमण तीव्र हुँदा कोरोना संक्रमणबाट हुने मृत्युमा पनि दैनिकजसो नयाँ रेकर्ड कायम हुँदै जान थालेको छ ।

आज विहान सम्म पछिल्लो २४ घण्टामा १० हजार ९५३ संक्रमितको मृत्यु भएको छ । बिहिबारभन्दा मृतक संख्या घटेपनि पछिल्ला केही दिन यता मृतक संख्या बढ्दो क्रममा छ ।

बिहिबार (११ मंसिरमा) अहिलेसम्मकै उच्च १२ हजार ५३ जनाको मृत्यु भएको थियो । चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर १४ लाख ३७ हजार ६२९ जनाको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार २७६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७ शुक्रबार ००:००  ८ : १४ बजे