१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मड्रिडको लगातार तिन हार, आलाभेससँग २–१ ले स्तब्ध



एजेन्सी ।
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड डिपोर्टिभो आलाभेससँग २–१ ले पराजित भएको छ । रियलका प्रमुख खेलाडी इडेन हाजार्ड चोटग्रस्त भएको खेलमा आलाभेसका लागि लुकास पेरेज र जोसेलुले एक–एक गोल गरे । रियलका कासेमिरोले एक गोल फर्काए ।

पछिल्ला तीन खेलमा लगातार जीत हात पार्न नसकेको रियल मड्रिड १० खेलबाट १७ अंकसहित चौथो स्थानमा छ । गएराति नै भएको खेलमा भ्यालेन्सियालाई १–० ले पराजित गरेको एथ्लेटिको मड्रिड ९ खेलबाट २३ अंकसहित दोस्रो स्थानमा छ ।

उसको रियल सोसिडाडसँग अंक बराबरी भएपनि गोल अन्तरमा पछि परेको हो । यद्यपि उसले एक खेल कम खेलेको छ । गएरातिका अन्य खेलमा सेभिल्लाले हुएस्कालाई १–० हरायो भने काडिज र एल्चीबीचको खेल १–१ को बराबरीमा सकिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७ आइतबार ००:००  ८ : २८ बजे