१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सिटीले जित्दा लिभरपुल बराबरीमा रोकियो रोकियो



एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले फराकिलो जीत हात पार्दा शीर्ष स्थानको लिभरपुल १–१ गोलको बराबरीमा रोकिएको छ । म्यान्चेस्टर सिटीले घरेलु मैदानमा भएको खेलमा बर्नलीमाथि ५–० को जीत हात पारेको हो । सिटीको जितमा रियाद महारेजले ह्याट्रिक गरे भने बेन्जामिन मेन्डी र फेरान टोरेसले एक एक गोल गरे ।

खेलको छैठौं मिनेटमा नै महारेजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले २२ र ६६ औं मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरे । मेन्डीले ४१ औं र टोरेसले ६९ औं मिनेटमा गोल गर्दै सिटीलाई शानदार जीत दिलाए । यो जीतसँगै सिटी ९ खेलमा १५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । समान खेलमा ५ अंक जोडेको बर्नली १८ औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा लिभरपुलले ब्राइटनसँग १–१ गोलको बराबरी खेलेको छ ।
ब्राइटनको घरेलु मैदानमा भएको खेलको ६० औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर ९३ औं मिनेटमा पासल ग्रोसले गोल गर्दैै ब्राइटनलाई हारबाट जोगाए ।

बराबरीपछि शीर्ष स्थानको लिभरपुलको १० खेलबाट २१ अंक भएको भने १० अंकसहित ब्राइटन १६ औं स्थानमा छ । गएराति नै भएका अन्य खेलमा न्यु्कासल युनाइटेडले क्रिष्टल प्यालेसलाई २–० ले हराएको छ भने लिड्स युनाइटेडले एभर्टनलाई १–० ले हराएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७ आइतबार ००:००  ८ : ३१ बजे