१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

एकदिवसीय क्रिकेटः भारतविरुद्धको सिरिज अष्ट्रेलियाको कब्जामा



एजेन्सी ।

भारतविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज घरेलु टिम अष्ट्रेलियाले जितेको छ ।सिड्नीमा आइतबार भएको दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।

सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको ३ सय ९० रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३८ रन मात्र बनाउन सक्यो ।भारतका लागि कप्तान विराट कोहलीले ८९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् ।

यस्तै केएल राहुलले ७६ रनको अर्धशतकीय इनिङ्स खेल्दा श्रेयस एयरले ३८ रन बनाए ।शिखर धवन ३० रनमा आउट हुँदा मायांक अग्रवाल र हार्दिक पाण्डयले २८र२८ रन बनाए । रबिन्द्र जडेजाले २४ रन जोडे ।अष्ट्रेलियाका लागि पाट कुमिन्सले ३ विकेट लिए । जोस हाजलउड र एडम जाम्पाले २र२ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनाएको थियो ।

सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाको फराकिलो स्कोरमा स्टिभ स्मिथले शतकीय इनिङ्स खेले ।लगातार दोस्रो खेलमा शतक बनाएका स्मिथले १ सय ४ रन बनाए । पहिलो खेलमा स्मिथले १ सय ५ रन बनाएका थिए ।यस्तै डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेल्दै ८३ रन बनाए ।मार्नुस लाबुसेनले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान आरोन फिन्चले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।

अर्धशतकीय इनिङ्स खेलेका ग्लेन म्याक्सवेल ६३ रनमा अविजित रहे ।भारतका मोहमद शामी र हार्दिक पाण्डयले १र१ विकेट लिए ।जितसँगै अष्ट्रेलियाले आईसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिग अन्तर्गत रहेको ३ खेलको सिरिजमा २(० को अग्रता समेत बनाएको छ ।यस अघि शुक्रबार भएको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको थियो । दुई टिमबीचको अन्तिम तथा तेस्रो एकदिवसीय खेल बुधबार हुनेछ ।

प्रकाशित मिति : १४ मंसिर २०७७ आइतबार ००:००  ७ : ०४ बजे