१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नेकपाको सचिवालय बैठकः ओलीको प्रस्तावमाथि प्रचण्डले बुँदागत रूपमा जवाफ दिने



काठमाण्डौ ।

सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले अलग–अलग बटमलाइन अघि सार्ने तयारी गरेका छन् । विवाद समाधानका लागि अहिलेसम्म सहमति नभएको र औपचारिक तथा अनौपचारिक छलफल पनि नभएका कारण दुवै पक्षले आ–आफ्ना बटमलाइन प्रस्तुत गर्ने तयारी गरेका छन् ।

आजको बैठकमा अध्यक्ष ओलीले पेस गरेको जवाफी प्रस्तावमाथि अर्का अध्यक्ष प्रचण्डले बुँदागत रूपमा जवाफ दिने तयारी गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । गएको १३ गतेको बैठकमा ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिनु भएको थियो ।

आज त्यही प्रस्तावमाथि प्रचण्डले जवाफ दिन लाग्नु भएको हो । स्रोतका अनुसार प्रचण्डले ओलीको राजीनामा माग्ने सम्भावना पनि छ । नेकपा भित्र दुई अध्यक्षबीच आरोप प्रत्यारोप बढ्दै गर्दा आजको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ । नेताहरुका अनुसार दुई अध्यक्षको प्रतिवेदनलाई थाती राखेर संयुक्त प्रस्तावको लागि सहमति जुटाउने प्रयास पनि हुनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७७ मंगलबार ००:००  ११ : ५० बजे