१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेकपा सचिवालय बैठकः दुवै अध्यक्षका प्रस्तावमाथि छलफल सुरु



काठमाण्डौ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा दुवै अध्यक्षको राजनीतिक प्रस्तावमाथि औपचारिक छलफल सुरु भएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको कात्तिक २८ गते पेस गर्नुभएको र प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर १३ गते पेस गर्नुभएको प्रस्तावमाथि मङ्गलबारको बैठकमा औपचारिक छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

दुवै अध्यक्षका प्रस्तावमाथि औपचारिक र अनौपचारिक रुपमा छलफल हुने प्रवक्ता श्रेष्ठको भनाइ छ । सहमतिको लागि दुवै प्रस्तावमाथि नेताहरूबीच अनौपचारिक छलफल पनि हुने उहाँले बताउनुभयो ।

बैठक बुधबार फेरि बस्ने गरी सकिएको छ । प्रचण्डले ओलीले भ्रष्टाचारको संरक्षण गरेको, गुट चलाएको, देश विकासमा ध्यान नदिएको, निरङ्कुश बनेको, पार्टीको विधि र सिद्धान्तलाई नमानेको लगायतका आरोप लगाउँदै कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रतिवेदन पेस गरेपछि ओलीले पनि प्रचण्डलाई विभिन्न आरोप लगाएर जवाफी प्रतिवेदन पेस गर्नुभएको छ । यसले नेकपाको विवाद थप जटिल बनेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७ मंगलबार ००:००  ५ : ३१ बजे