२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, मन्त्रीपरिषद् बैठक ४ बजे



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। बालुवाटारबाट शीतल निवास पुगेर ओलीले राष्ट्रपति भण्डारीसँग संवाद गरेका हुन्। नेकपाको विवादलाई लिएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितले आफूलाई घेराबन्दी गरेको पृष्ठभूमिमा ‌ओलीले राष्ट्रपतिलाई भेटेका हुन्।

ओलीको सचिवालयले यो भेटलाई नियमित भनेको छ। बहुमतका नाममा आफूविरुद्ध षडयन्त्र गरेको भन्दै ओली बुधबार बसेको सचिवालय बैठकमा सहभागी भएनन्। उनले महाधिवेशन नभएसम्म बहुमत अल्पमतको खेल गर्न नहुने अडान लिएका छन्। ओलीले राष्ट्रपतिलाई भेटेपछि आजै अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक पनि बस्ने भएको छ। मन्त्रिपरिषद्का एजेन्डाबारेमा केही पनि सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : १८ मंसिर २०७७ बिहिबार ००:००  ३ : १६ बजे