१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सरकारसँग कांग्रेस झन् रुष्ट, देशभर प्रदर्शन गर्दै



काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कांग्रेस महामन्त्री विमलेन्द्र निधिले सडकमा सशक्त रूपमा उत्रिने निर्णय भएको बताए । ‘सरकारको सर्वसत्तावादी चरित्र र भ्रष्टाचारी शैलीको भण्डाफोर गर्न सडकमा जाने भएका हौँ’, निधिले भने ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा धरपकड भएपछि कांग्रेस सरकारसँग झन् रुष्ट बनेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७ शुक्रबार ००:००  ६ : ०३ बजे