२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

नेकपा विवाद जनवर्गिय संगठनमा पनि, प्रचण्ड-नेपाल विद्यार्थीहरूको छुट्टै भेला



काठमाण्डौँ ।

नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवाद जनवर्गि संगठनमा पनि देखिएको छ । यस अगाडी छुट्टै कित्तामा त्यति नदेखिएका विद्यार्थी र युवाहरु खुलेर बिभाजनमा देखिएका छन् । यसै सन्दर्भमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका विद्यार्थीले शुक्रबार काठमाण्डौँमा भेला गरेका छन् । अनेरास्ववियुको बागमती प्रदेशअन्तर्गत उपत्यका विशेष कमिटीले काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा अगुवा विद्यार्थीहरूले भेला गरेका हुन्।

अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले संयोजक ऐन महरले गुटगत भेला गरेकाले त्यसलाई चिर्नका लागि शुक्रबारको भेला गरिएको बताए। अहिले पार्टीको बहस चलेको बेला, अन्तरसंघर्ष चलेको बेलामा हामीले अन्तरसंघर्षमा भाग लिएका हौं। तर पार्टी एकताको विरूद्धमा गतिविधि गरेका छैनौं,ुउनले भने,ुऐन जीहरूले गुटगत भेला गराएर देशभर भेला गराउने प्रयास गर्नुभयो। उहाँहरूले स्वस्थ राजनीतिक बहसमा भाग लिने भन्दा पनि सत्ताको तावेदारी र चाकडी गर्नुभयो। संगठनको संयोजकले गुट भेला गरेपछि हामीले पनि अगुवा कार्यकर्ता भेला गरेका हौं।ु

उनले पार्टीमा विधि र पद्धति मान्नुपर्छ भनेर दबाव दिन भेला गरिएको बताए।यो त सुरूआत मात्रै हो। उहाँहरूले जहाँ(जहाँ भ्रम फेलाउन खोज्नुभएको छ। हामी त्यहाँ (त्यहाँ भ्रम चिर्न पुग्छौं, उनले भने, यो भेला पार्टी फुटाउन उद्दत हुने प्रवृत्तिविरूद्ध हो। यो भेला अनेरास्ववियुलाई ‘मण्डले’ विद्यार्थी संगठन हुन नदिनका लागि गरिएको हो।

भेलालाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने बताइन्। पार्टीको बहसबाट भाग्न पाउनुहुन्न। ३८ पेजको प्रतिवेदन पेश गर्ने अनि त्यो प्रतिवेदनमा बेबारिसे छोडेर बैठकमा आउन्न भन्न मिल्दैन, शाक्यको भनाइ उदृत गर्दै एक विद्यार्थी नेताले भने,ुउहाँको स्वास्थ्य स्थिति पनि राम्रो नभएको पार्टी संगठनलाई योभन्दा बिगार्ने ठाउँ र बदनाम गर्ने ठाउँ नभएकाले उहाँले दुवै पद छोडेर आराम गर्नुपर्छ।

स्थायी कमिटी सदस्य पम्फा भुसालले विधि र पद्धति नमान्ने व्यक्ति कम्युनिष्ट हुनै नसक्ने बताइन्।कहिल्यै राजनीतिक वैचारिक कुरामा भाग नलिने मान्छेले ३८ पेजको जवाफ लेख्ने तर बैठकमा नआउने, बैठकबाट भाग्ने अनि निर्णय मान्दिनँ भन्न मिल्दैन,भुसालको भनाइ उदृत गर्दै अर्का विद्यार्थी नेताले भने,ु प्रतिवेदनलाई अलपत्र पार्ने भए किन प्रतिवेदन पेश गरेको होरुविधि र पद्धति नमान्ने भए किन कम्युनिष्ट पार्टीमा लागेको होरुत्यसैले यो अवस्था आउनुमा मूल नेतृत्वकै कमजोरी हो।ु

केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले थापाथली क्याम्पसबाट भेलाको सुरूआत भएको भन्दै यस्ता भेला देशव्यापी रूपमा हुने बताएकी छन्। केन्द्रीय सदस्य झाँक्रीले बहुसंख्यक विद्यार्थीहरूले गरेको भेलामा युवा विद्यार्थीहरूले पार्टी यथास्थितिमा रहन नसक्ने सन्देश दिएको बताइन्। केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीलाई व्यक्तिले चलाएर नहुने भन्दै विधि र विधानबाट चलाउनुपर्ने बताए।

भेलामा बागमती प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल,केन्द्रीय सदस्यहरू ठाकुर गैरे, लेखनाथ न्यौपाने र रामकुमारी झाँक्रीलगायत सहभागी थिए। यसैगरी, अनेरास्ववियुका सहसंयोजक सहितका नेताहरू सहभागी थिए।

प्रकाशित मिति : १९ मंसिर २०७७ शुक्रबार ००:००  ६ : ३८ बजे