३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

सुरु भयो सैनामैनामा खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता



मायादेवी अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैनामा पहिलो पटक खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शनिबारबाट सुरु भएको छ । सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल उद्देश्यका साथ सैनामैना ब्याटमिन्टन क्लव सैनामैना तीनको आयोजना तथा सैनामैना नगरपालिकाको प्रवर्धनमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले यस प्रतियोगिताले सैनामैना राष्ट्रिय रुपमा परिचित हुने मौका पाएको बताउनुभयो ।

ब्यस्त वयस्कहरुको स्वास्थमा यस खेलले सकारात्मक प्रभाव पार्ने भएकाले यस्ता खालका खेल प्रतियोगिता भइरहनु पर्ने बताउनुभयो । सैनामैनामा बन्दै गरेका र बनिसकेका कबडहल तथा स्टेडियमहरु सैनामैना खेलकुदको पनि हव बन्दै गरेको प्रमाणित गर्दछ । फरक प्रसङ्गमा बोल्दै नगर प्रमुख कार्कीले हरेक क्षेत्रमा अब्बल तरिकाले काम गरि नगरपालिकाले दिगो बिकासको लक्ष्यलाई पूरा गर्ने बताउनुभयो ।

कार्यक्रमका नेपाली कांग्रेस रुपन्देही जिल्ला उप सभापति फडेन्द्र शर्माले यस प्रतियोगिताले सैनामैनाको गरिमा बढाएको बताउनु भयो । सरकार युवाहरुको चाहना अनुसार अघि बढनु पर्ने उहाँको घारणा थियो ।

ब्याडमिन्टन सङ्घका प्रमुख प्रशिक्षक सुदिप योञ्जनले ब्याटमिन्टन भित्रका अन्य बिधाहरुलाइ पनि समेटदै लैजानु पर्ने धारणा राख्नुभएको थियो ।

नेकपाका नगर इन्चार्ज खुशिराम चौधरी र नेपाली कांग्रेस नगर सभापति रामप्रसाद अधिकारीले यस प्रतियोगिताले सैनामैनाका ब्याडमिन्टनका खेलाडीलाई अनुभव र परिचित हुने अवसर दिएको बताउँदै यस्ता प्रतियोगितामा महिला टिमलाई पनि सहभागी गराउन पर्ने धारणा राख्नुभएको थियो ।

प्रतियोगिता पिताम्बर न्यौपानेको संयोजकत्वमा सैनामैना ३ स्थित कवडहलमा हुँदै छ । प्रतियोगितामा नेपाल भरका राष्ट्रिय तथा स्थानीय गरि ७० टिमको सहभागीता रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७ शनिबार ००:००  ५ : ४७ बजे