३० बैशाख २०८१, आइतबार | Mon May 13 2024

कपिलवस्तुमा भन्सार छलि गरी ल्याइएका १७ खसी बरामद



मायादेवी अनलाइन, वाणगंगा ।
भन्सार छलेर नेपाल ल्याउँदै गरिएका १७ खसी कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बिजयनगर गाउँपालिका ५ डुमानास्थित भारतबाट अबैध रुपमा भन्सार छली गरी पैदल ल्याइदै गरेको खसी बरामद गरिएको हो ।

बरामद खसीको मूल्य दुई लाख उनानब्बे हजार बराबरको रहेको कपिलवस्तु प्रहरीले जनाएको छ । सिमाको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीद्धारा उक्त खसी बरामद गरिए पनि मान्छे भने भारत तर्फ नै भागेको जनाइएको छ ।

बरामद खसी आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार पठाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७ शनिबार ००:००  ६ : ०४ बजे