१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

कांग्रेसका नेता भण्डारीद्वारा प्रधानमन्त्रीको कदमको स्वागत



काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले संसद् विघटन गर्दै सरकारले गरेको निर्वाचनको घोषणाको स्वागत गर्नुभएको छ । उहाले सरकार चल्नै नसक्ने अवस्था आएपछि आगामी बाटोका लागि जनतालाई जिम्मा लगाउनु स्वागतयोग्य कदम भनि टिप्पणी गर्नुभयो ।

“नेपाली जनताले नेकपालाई पाँच वर्षको लागि सत्ता सञ्चालन गर्ने जिम्मेवारी दिएको थियो, तर पार्टीभित्रको आन्तरिक झगडाका कारण सरकार चल्न सकेन,” भण्डारीले ट्वीटरमार्फत् भन्नुभएको छ, “चल्न नसक्ने भएपछि जनतालाई जिम्मा दिनु स्वागतयोग्य कुरा हो।” कसले के भन्छ भन्दा पनि देशमा के हुँदै छ भन्ने महत्त्वपूर्ण सवाल भएको उहाको भनाई छ ।

प्रकाशित मिति : ५ पुस २०७७ आइतबार ००:००  ४ : ५३ बजे