२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

एमाले महासचिव भन्छन् – ओलीलाई नाम र पार्टी दिइन्न, पद दिन सकिन्छ



काठमाडौं।

निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमालेका महासचिव मनिषकुमार उपाध्यायले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीललाई नाम र पार्टी दिन नसकिने बताएका छन् । एमाले कसैको पनि निर्देशनमा दर्ता नभई यस अघि नै निर्वाचन आयोगमा दर्ता भएको भन्दै उनले अब नाम दिन नसकिने बताएका हुन् ।महासचिव उपाध्यायले स्वर्गीय नेता मदन भण्डारीको सिद्धान्त र निष्ठा प्रति समर्पित युवाहरूले स्वर्तस्फुर्तरुपमा दर्ता भएको बताएका थिए। एमाले अब भण्डारीको आदर्शबाट प्रेरित रहेर देश विकासका लागि राजनीतिमा होमिने उनको भनाइ थियो।

महासचिव उपाध्यायले नेकपा भित्र देखिएको अहिलेको विवादमा आफूहरूलाई तान्नु दुर्भाग्य भएको बताएका छन्। उनले नेकपा एकजुट रहे नै देशको हित हुने बताएका थिए। उनले संसद् विघटन असंवैधानिक र गलत कदम भएको उल्लेख गर्दै यसले दुई तिहाइ मत र जनताको अपमान भएको टिप्पणी गरे।

अब एमाले नाम हामीलाई चाहियो भनेर प्रधानमन्त्री ओलीबाट प्रस्ताव आए के गर्नु हुन्छ भन्ने प्रश्नमा महासचिव उपाध्यायले भने, ‘पार्टी र नाम दिन सक्दैनौं, पद भने दिन सकिन्छ तर के पद दिने भन्ने विषयमा पनि पार्टीले निर्णय गरेर मात्र सम्भव हुन्छ।’

प्रकाशित मिति : ९ पुस २०७७ बिहिबार ००:००  ८ : ५४ बजे