२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

ओली समूहकी नेतृ पालको स्टाटस : ‘संघीयता खारेज गरौं, सबैलाई जेल हालौं’



काठमाडौं ।
नेकपाकी केन्द्रीय सदस्य निरु पालले संघीयता खारेज गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् । नेकपा केपी शर्मा ओली समूहकी पालले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै उनले भ्रष्टचारीलाई जेलको कालकोठरीमा सडाउने आट गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएकी हुन् ।

सांसद पालले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र केन्द्रीय सरकारको मन्त्रीमण्डल १५ सदस्यीय राख्न सुझाव समेत दिएकी छन् । आफनो व्यक्तिगत विचार भन्दै नेतृ पालले प्रधानमन्त्री ओलीले यत्ति गरे सधै जनताको मनमस्तिष्कमा बस्ने उल्लेख गरेकी छन् ।

पालले फेसबुकमा भनेकी छिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस् संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद्को सिट १०५, केन्द्रको मन्त्रीमण्डल बढीमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरी मा सडाउने आँट गर्नुस् । नेपाली जनताको मनमस्तिस्कमा सधैं बस्नुहुनेछ। मेरो ब्यक्तिगत बिचार ।’

133848724_3581806445270186_2923736019816203554_n

प्रकाशित मिति : १७ पुस २०७७ शुक्रबार ००:००  ६ : ११ बजे