१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

रुकुममा तीन दिनदेखि बेपत्ता व्यक्तिको शव फेला



सुर्खेत ।
तीन दिनदेखि बेपत्ता रहेका रुकुम पश्चिमका एक व्यक्तिको सोमबार शव भेटिएको छ । त्रिवेणी गाउँपालिका–१० टोड्केका ५४ वर्षीय हरि बहादुर खड्काको मुसिकोट नगरपालिका–१४ स्थित हिलहाल्ने भिरबाट लडेर मृत्यु भएको हो ।

उनी पुस १८ गतेदेखि बेपत्ता थिए। आफन्तले खोजी गर्ने क्रममा सोमबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार उनी भिरबाट करिब ३०० मिटर तल खसेका थिए ।

प्रकाशित मिति : २० पुस २०७७ सोमबार ००:००  २ : १३ बजे