३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग पराजित



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल पराजित भएको छ। गएराति अवे मैदानमा भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १–० ले पराजित भएको हो।

घरेलु टोली साउथह्याम्पटनका लागि दोस्रो मिनेटमा नै ड्यानी इनग्सले गरेको गोल निर्णायक बन्यो।

पराजित भए पनि लिभरपुल शीर्ष स्थानमै छ, उसको १७ खेलबाट ३३ अंक छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १६ खेलबाट ३३ अंक छ। जित निकालेको साउथह्याम्पटन १७ खेलबाट २९ अंकसहित छैटौँ स्थानमा पुगेको छ।

प्रकाशित मिति : २१ पुस २०७७ मंगलबार ००:००  ६ : २८ बजे