८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

जसपा कपिलवस्तुले आज चार नम्बरमा प्रदर्शन गर्दै, यी नेताले भाषण गर्नेछन्



मायादेवी अनलाइन, चार नम्बर ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) कपिलवस्तुले संसद विघटन विरुद्ध आज बाणगंगाको जितपुरमा प्रदर्शन गर्दै छ । बर्तमान सरकारको प्रतिगमनका विरुद्ध जनसभा तथा विरोध प्रदर्शन गर्ने जनाइएको छ ।

आज दिउसो हुने सभामा केन्द्रिय नेताहरु राजेन्द्र श्रेष्ठ, पुर्व मन्त्री दान बहादुर चौधरी, नारायण खनाल तथा नेताहरु बिष्णु हरि शर्मा, बोम दर्लामी, डा. कालिपथ शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रिय सदस्य नारायण खनालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा उपस्थित हुन पार्टीका नेता तथा कार्यकर्ताहरु तथा सम्पुर्णलाई पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले आग्रह गर्नुभयो । पार्टीको आन्तरिक झगडा मिलाउन नसेर संसद भंग गर्ने प्रधानमन्त्रीको प्रवृति गलत रहेको जसपाको निस्कर्ष छ ।

प्रकाशित मिति : ७ माघ २०७७ बुधबार ००:००  ८ : ४२ बजे