१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बाटो मर्मतको लागि अम्बानी त्रिरत्न सप्लायर्स तिलोत्तमाले गर्यो ७५ हजार सहयोग



मायादेवी अनलाइन, चार नम्बर ।

रुपन्देहीको लितोत्तमा १ मा रहेको त्रिरत्न सप्लायर्सले सडक मर्मतको लागि ७५ हजार आर्थिक सहयोग गरेको छ । शंकरनगर शारदा स्कुलस्थित पशुपति पथ मर्मत सम्भारको लागि भन्दै सप्लायर्सले आर्थिक सहयोग गरेको हो ।

No description available.

सप्लायर्सका प्रबन्ध निर्देशक शोभाखर पाण्डेले वडा नम्बर २ का वडाध्यक्ष दधिराम गौतमलाई सोमरबार चेक हस्तान्तरण गर्नुभयो । नेपालका लागि अम्बानी ब्राण्डको आधिकारिक विक्रेता रहेको सप्लायर्सले सामाजिक उत्तरदायित्व अन्तर्गत बाटो मर्मतको लागि सहयोग गरेको पाण्डेले बताउनु भयो ।

एउटा ब्यापारिक प्रतिष्ठानले यसरी सामाजिक काममा सहयोग गरेको भन्दै वडाध्यक्ष गौतमले सप्लायर्सलाई धन्यबाद दिनुभयो ।

सप्लायर्सले तिलोत्तमा रहेर बिभिन्न जिल्लामा अम्बानीका टायल्स, मार्वल, सनेटरी वायर, धारा, पेन्ट आदि विक्रिवितरण गर्दै आइरहेको छ । पाण्डेले आगामी दिनमा अन्य सामाजिक कार्यमा पनि लगानी गर्दै जाने बताउनु भएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७ बुधबार ००:००  ४ : ५४ बजे