७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

थप ३३६ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु



काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।

कूल संक्रमितमध्ये २ लाख ६२ हजार ८६८ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २२६ जना निको भएका मन्त्रालयले जनाएको छ ।

बिहीवार देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७९९ रहेको छ । कोरोनाले थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या १ हजार ९७९ पुगेको छ ।

प्रकाशित मिति : ८ माघ २०७७ बिहिबार ००:००  ६ : ३३ बजे