२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

आरआर क्याम्पसमा ओलीको पक्षमा नाराबाजी



काठमाडौं ।

प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस आरआर अनेस्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन गरेको छ। नेकपाको प्रचण्ड–नेपाल समुहले उपत्यका केन्द्रित आन्दोलन आयोजना गरेको दिन बिहानै क्याम्पसभित्र विद्यार्थीले ओलीका पक्षमा नाराबाजी गरेका थिए।

प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन गरेको अनेरास्ववियूका कार्यकर्ता तथा विद्यार्थी उज्जवल खड्काले जानकारी दिए। उनले प्रधानमन्त्री ओलीले चालेको पछिल्लो कदमको समर्थनमा आरआरका विद्यार्थीले प्रदर्शन गरेको बताए। हाल भृकुटीमण्डपमा प्रचण्ड–माधव समूहको जनप्रदर्शन जारी छ। क्याम्पस वरपर उल्लेख्य मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

प्रकाशित मिति : ९ माघ २०७७ शुक्रबार ००:००  ४ : १३ बजे