१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

३०२ कोरोना संक्रमित थपिए, ४८० मुक्त



काठमाडौं ।

पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २० लाख ३५ हजार तीन सय १ जनाको पिसिआर परीक्षण गरिएको छ। शुक्रबार तीन हजार पाँच सय ४५ जनाको कोरोना परीक्षण गरिएको थियो।

मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६८ हजार ९ सय ४८ जना छन्। जसमध्ये सक्रिय संक्रमित तीन हजार ६ सय १४ छन्। बितेको २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १९ सय ८६ जना पुगेको छ भने चार सय ८० संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६३ हजार तीन सय ४८ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या एक सय ५८ छ।

प्रकाशित मिति : ९ माघ २०७७ शुक्रबार ००:००  ४ : १५ बजे