६ असार २०८३, शनिबार | Sun Jun 21 2026

मौसम पूर्वानुमान : यी क्षेत्रमा वर्षाको सम्भावना



काठमाडौं ।
काठमाडौंमा बिहान कुहिरो लागिरहेको छ भने दिउँसो आंशिक बदली रहने छ। दिउँसो काठमाडौंको तापक्रम १८–२० डिग्री सेल्सियस पुग्ने छ। काठमाडौं उपत्यकाको भिजिविलिटी १५०० रहेको छ। यो तुलनात्मक रुपमा न्यून भिजिविलिटी हो।

काठमाडौंको आजको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस रहेको छ। विहान साढे ६ बजेको तापक्रम ४.१ डिग्री सल्सियस मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक तथा सामान्य बदली रहने छ भने प्रदेश १ र वाग्मती प्रदेशमा आंशिक बदली रहने छ। बाँकी प्रदेशमा मौसम सफा रहने छ।

बिहान तराईंका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भागमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धर बताउँछिन्।

प्रकाशित मिति : १० माघ २०७७ शनिबार ००:००  ८ : ३९ बजे