१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना क्वाटरफाइनलमा



एजेन्सी ।
लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटर फाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।

घरेलु टोली भालेकानोविरूद्ध बार्सिलोनाले पुनरागमन जित निकालेको हो । खेलको ६३औँ मिनेटमा गार्सिया टोरेसले गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए ।

तर मेस्सीले ६९औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको सहयोगमा बार्सिलोनाका लागि बराबरी गोल गरे । जोर्डी अल्बाको सहयोगमा ८०औँ मिनेटमा फ्रेन्की डी जोङ्गले गोल गरेपछि बार्सिलोनाले खेल २-१ ले जित्यो ।

प्रकाशित मिति : १५ माघ २०७७ बिहिबार ००:००  ७ : ५२ बजे