४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा



एजेन्सी ।
युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले एसपालमाथि फराकिलो जित निकाल्यो ।

स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविनै मैदान उत्रिएको युभेन्टसले एसपालमाथि ४–० को फराकिलो जित निकाल्यो । युभेन्टसको जितमा अल्भारो मोराटा, जियानलुका फ्राबोट्टा, डिजान कुलुसेभ्स्की र फेडरिको चियसाले गोल गरे ।

अब युभेन्टसले सेमिफाइनलमा इन्टरमिलानको सामना गर्नेछ । सेमिफाइनल खेल फेब्रअरी १० मा हुनेछ । इन्टरले एसी मिलानलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।

प्रकाशित मिति : १५ माघ २०७७ बिहिबार ००:००  ७ : ५८ बजे