२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

ओलीलाई खनालले भने– नेकपा हेर्न सडकमा आउनुहोला



विराटनगर ।
नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वास्तविक नेकपा हेर्नका लागि सडकमा आउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले वास्तविक नेकपा हेर्न सडकमा आउन आग्रह गरेका हुन् ।

‘टीभीमा फुकेर हुँदैन । नेकपा हेर्न सडकमा आउनुहोला’ उनले भने ‘सडकको यो भीड हो, नेकपा । हामी आधिकारिक नेकपा हौँ र यसको अध्यक्ष प्रचण्ड, माधव नेपाल र हामी हौं ।’

संसद् विघटन गरेर केपी ओलीले राष्ट्रमाथि घात गरेको उनले बताए । ‘केपी ओली भष्मासुर भएर निस्किनुभयो’ नेता खनालले भने, ‘संसद् विघटन गरेर ओलीले राष्ट्रमाथि घात गर्नुभयो ।’ केन्द्रीय कमिटीमा, स्थायी कमिटीमा दुईतिहाइ सदस्य भएको उल्लेख गर्दै उनले वास्तविक नेकपा आफ्नो समूह भएको बताए ।

प्रकाशित मिति : १६ माघ २०७७ शुक्रबार ००:००  ६ : ३२ बजे