२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने



काठमाडौँ ।

नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले सोमबार ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा छ । मुख्यत त्यसकै विषयमा बैठकमा छलफल हुन सक्ने साहले बताए ।

यसअघि यो समूहको बैठक पुस ७ देखि ९ गतेसम्म बसेको थियो । उक्त बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएर नेपाललाई अध्यक्ष चयन गरेको थियो । दाहाल–नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलनमा छ ।

प्रकाशित मिति : १८ माघ २०७७ आइतबार ००:००  ५ : ५३ बजे