कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिका बाट अबैध कुखुरा बरामद गरिएको छ । वडा नं.५ कटनियाबाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी विजयनगर र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले अन्दाजी ३५० किलो अबैध कुखुरा बरामद गरेर नष्ट गरेको हो ।
सोमवार राती करिब १० बजे भारतबाट नेपालतर्फ अबैद्य रुपमा ल्याउँदै गरेको उक्त कुखुरा गस्ती टोलीले बराबद गरेको हो । गस्ती टोली लाई देखेपछि मानिसहरु भागेको सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी विजयनगरका सशस्त्र प्रहरी निरिक्षक कृष्ण बहादुर के.सी. ले जानकारी दिनुभएको छ ।
बरामद गरिएको कुखुराको मुल्य करिव १ लाख पर्ने उहाँले बताउनुभयो । रातको समयमा पनि तस्कर हुने भन्दै प्रहरीले आफ्नो गस्ती बढाएको छ । वि.ओ.पी. विजयनगर बाट खटिएको सशस्त्र प्रहरी निरिक्षक कृष्ण बहादुर के सी कमान्डमा ७ जना र ईलाका प्रहारी कार्यलय गणेशपुरबाट प्रहरी निरिक्षक रण बहादुर बिष्टको कमाण्डमा ५ जनाको संयुक्त टोली गस्तीमा हिडेको हो । बरामद गरिएको कुखुरा प्रहरी, जनप्रतिनिधि, पशु क्वारेन्टाइनका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी नष्ट गरिएको छ ।







प्रतिक्रिया