मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर २ गोरुसिंगेमा रहेको सोसियल इङलिस बोर्डिङ स्कूलमा खेल सप्ताह सुरु भएको छ । विद्यालयको बार्षिक कार्यतालिका अनुसार बुधबारबाट खेल सप्ताह सुरु भएको हो ।
बुधबार भब्य समारोहकाबीच विद्यालयका अध्यक्ष माधव दमासेले रिवन काटेर उद्घाटन गर्नुभयो । ‘शिक्षाको लागि स्वास्थ्य स्वास्थ्यको लागि खेलकुद’ भन्ने नाराका साथ सुरु भएको सप्ताहको पहिलो दिन आज बिभिन्न तहका विद्यार्थीहरुले बिभिन्न ब्यानर र झण्डासहित गोरुसिंगे बजार परिक्रमा गरेका थिए ।
त्यसपछि खेल कार्यक्रम सुरु भएका छन् । उद्घाटनका अवसरमा प्रमुख अतिथि दमासेले विद्यार्थीको चौतर्फी विकासमा खेल महत्वपूर्ण भएको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र पिसीले अनुशाषन पूर्वक खेलिने खेलले विद्यार्थीको चौतर्फी विकास हुने बताउनु भयो ।
उहाँका अनुसार अब एक हप्ताभर नर्सरीदेखि १० कक्षासम्म म्युजिकल चेयर, स्विट रेस, घैँटो फोर, फुटवल, एथलेटिक्स, आइजम्प, लङजम्प आदिजस्ता गतिविधि हुने बताउनु भयो ।
यी खेलले विद्यार्थी पढाईप्रति थप आकर्षित हुने भन्दै विद्यालयले खेललाई प्राथमिकतामा राखेको बताउनु भयो । उद्घाटन सत्रको संचालन पुजा भट्टराईले गर्नुभएको शिक्षिका अस्मिता रानाले जानकारी दिनु भयो ।







प्रतिक्रिया