१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

थप ८० जनामा कोरोना संक्रमण, मृतकको संख्या शून्य



काठमाडौं ।
पछिल्लो २४ घन्टामा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ८० जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । यससँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४ सय ३१ पुगेको छ ।

मन्त्रालयका अनुसार, यस दिन १ सय २१ जना संक्रमित उपचारपछि निको भएका छन् । यससँगै हालसम्म कोरोना भाइरस मुक्त हुनेहरूको संख्या २ लाख ६९ हजार ८ सय ७६ पुगेको छ ।

हालसम्म मुलुकभर १ हजार ४ सय ९४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आइतवार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । आइतवारसम्म कुल २ हजार ६१ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७ आइतबार ००:००  ६ : ०६ बजे