१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

रेश्मीराज अधिकारीको अध्यक्षतामा कपिलवस्तुमा सनातन संस्कृति समाज गठन



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा पनि सनातन संस्कृति समाज नेपाल गठन भएको छ । विश्वमै सबैभन्दा प्राचिन सभ्यता बोकेको सनातन संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले रेश्मीराज अधिकारीको संयोजकत्वमा १७ सदस्यीय समाजको गठन गरिएको हो ।

बाणगंगा नगरपालिका वडा नम्बर १ वैरियाको मायादेवी रिसार्टमा एक कार्यक्रमको ६५ औँ शाखाको रुपमा गठन गरिएको समाजको सहध्यक्षमा झविन्द्रराज शाष्त्री, वरिष्ठ उपाध्यक्षमा शेर बहादुर क्षेत्री, उपाध्यक्षमा अम्बर बहादुर वस्नेत र राम प्रसाद अधिकारी, महासचिवमा राजेन्द्रराज आचार्य, सचिवमा झविन्द्र प्रसाद न्यौपाने, सह-सचिवमा विष्णु मल्ल, कोषाध्यक्षमा दिलिप कार्की रहनु भएको छ ।

समितिको सदस्यमा लिलिापति घिमिरे, सिता भट्टराई, दिपकराज भट्टराई, चुनादेवी खनाल, मिना पौडेल, लिलाधर अधिकारी, माधव खनाल चयन हुनुभएको छ ।

यस्तै केन्द्रले शिवचन्द्र आचार्य र कृष्ण बहादुर चौधरीलाई केन्द्रिय सदस्य (कार्य सम्पादन समिति) मा मनोनित गरेको छ । समाजले सनातन धर्म संस्कृतिको जगर्ने गर्ने गरी काम गर्ने नवनियुक्त अध्यक्ष रेश्मीराज अधिकारीले बताउनु भयो ।

यो मुलुक बिग्रनु र अराजकता मच्चिनुको प्रमुख कारण हिन्दू धर्मको नास (धर्म निरपेक्ष) हुनु रहेको भन्दै बोल्नेवक्ताहरुले मुलुकलाई हिन्दूराज्य कायम गरिनुको विकल्प नभएको बताए ।

नयाँ समितिलाई बधाई र शुभकामना दिँदै प्रमुख अतिथि सनातन संस्कृति समाज नेपालका केन्द्रिय अध्यक्ष हरिबोल भट्टराईले धर्म मास्ने कुलंघार नेताको कारण मुलुकले यो नियति भोगेको बताउनु भयो ।

नीतिहरुको राजा मानिने राजनीति पनि तिनै बदमास र कुलंघार नेताका कारण फोहोरी रहेको भन्दै त्यसलाई शुद्धिकरण गर्ने एक मात्र अष्त्र सनातन संस्कृति रहेको उहाँले बताउनु भयो । कुनै दलबलमा आस्था नराखेर विसुद्ध धर्म संस्कृति संरक्षणमा समाजले काम गर्ने उहाँले बताउनु भयो ।


केन्द्रिय सहध्यक्ष तारानाथ लुईटेलले अब ओमकार र हिन्दू धर्मले मात्र मुलुकमा शान्ति स्थाना हुने बताउनु भयो । हरेक जिल्लामा तीव्र रुपमा समाज गठन भइरहेको भन्देै चाँडै यसले केन्द्रिय रुप लिने उहाँको भनाई छ ।

केन्द्रिय कार्यसम्पादन समितिका सदस्य श्रीकृष्ण आचार्यले अभियान लिएर देश दौडाहामा पुग्दा युवादेखि सबैमा सनातन संस्कृतिप्रति उत्साह देखेको बताउँदै विस्तारै सबै मानिस अभियानमा जोडिने दावी गर्नुभयो । मुलुकमा विदेशी धर्म छिरेको, आर्थिक प्रलोभनमा धर्म परिवर्तनको लहड चलेको बताउँदै यसले मुलकमा हिंसा र अराजकताबाहेक अरु केही पनि नसक्ने उहाँको ठोकुवा छ ।

कार्यक्रममा केन्द्रिय सदस्य गोपाल पोख्रेल, सुरजराज आचार्य, सागर श्रेष्ठ, कृष्ण बहादुर थारु लगायतको सहभागिता रहेको थियो । कैलाश आश्रम गुरुकुलम् नन्दनगरका बटुकहरुले स्वस्ती वाचन गरेर कार्यक्रमको उद्घाटन भएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७ शुक्रबार ००:००  ८ : २८ बजे