६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

दृष्टिकोण बदल्न मदिरा व्यवसायी संघ कपिलवस्तुको माग, अध्यक्षमा दोहोरिए कक्षपति



मायादेवी अनलाइन, चारनम्बर ।

सन्देश कक्षपती पुनः कपिलवस्तु मदिरा व्यवसायी संघको अध्यक्षमा दोहोरिनु भएको छ । बुद्धभूमि नगरपालिकामा विहिबार भएको छैठौ साधारण सभा तथा चौथो अधिवेशनले कक्षपतिलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसअघि पनि उहाँ नै संघको अध्यक्ष हुनहुन्थ्यो ।

१३ सदस्य संघको वरिष्ठ उपाध्यक्षमा कुलचन्द्र सिग्देल, उपाध्यक्षमा परशुराम भरी, महासचिवमा गोविन्द प्रसाद पौडेल, सचिवमा मधु सिग्देल, कोषाध्यक्षमा विष्णु प्रसाद सापकोटा रहनु भएको छ । संघमा पुनः नेतृत्व पाएसंगै मायादेवसिंग छोटो कुराकानी गर्दै कक्षपतिले राज्यले मदिरा व्यावसायिहरुलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताउनु भयो ।

यो मुलुकलाई बदल्ने दिसामा यस वयवसायमा लाग्ने ब्यक्तिहरुको महत्वपूर्ण हात रहेको भन्दै म्मानजनक ब्यवहार गर्न पनि उहाँको सबैमा आग्रह छ । साधारण सभामा संघका महासचिव गोबिन्द प्रसाद पौडेलले कार्यक्रममा वार्षिक प्रतिवदेन प्रस्तुत गर्नु भएको थियो ।

प्रमुख अतिथि बुद्धभुमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले मदिरा ब्यवसायी पनि मुलुकको विकासका आधार भएको बताउनु भयो । कतिपय स्थानमा यस व्यवसायीप्रति नकारात्मक धारणा रहे पनि नगरबाट विभेद नरहेको उहाँको भनाई छ ।

केही क्यक्तिको बदमासीका कारण समग्र संस्थामा असर परेको भन्दै तयस्तालाई संघले कारबाही गर्नु पर्ने उहाँको भनाई छ । आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख दिनेश पाण्डेले करको दायरामा आएर ब्यवसाय गरे समस्या नहुने बताउनु भयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७ शुक्रबार ००:००  १० : १८ बजे