शिक्षक संगठन वाणगंगा नगर समितिको अध्यक्षमा धन बहादुर गाहा चयन


मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल राष्ट्रिय शिक्षक संगठन वाणगंगा नगर समितिको दोश्रो अधिवेशनले धन बहादुर गाहालाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको छ । वाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा सम्पन्न शिक्षक संगठनको दोश्रो अधिवेशनले धन बहादुर गाहाको अध्यक्षतामा १८ सदस्यीय नेपाल राष्ट्रिय शिक्षक संगठन वाणगंगा नगर समिति गठन गरेको हो ।

जसको महिला उपाध्यक्षमा अनिता कडेल, उपाध्यक्ष बलराम पाण्डे, सचिव विष्णु कुमार थापा, कोषाध्यक्ष पुनम राना, सहसचिव महिला तर्फ सरस्वती गौतम, सह कोषाध्यक्ष महिला तर्फ सिर्जना न्यौपाने पंथी निर्वाचित हुनुभएको छ भने अन्य सदस्यहरुमा रहनुभएको छ । सदस्यहरुमा नगरका सवै वडाबाट एक एक जना चयन हुनु भएको छ ।

निर्वाचित अध्यक्ष गाहाले नगरको शिक्षा क्षेत्रको सुधार र विद्यालयको शैक्षिक गुणस्तर विकासमा संगठनले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस