२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कपिलवस्तुका कार्की मानव अधिकार तथा शान्ति समाजको केन्द्रिय सदस्यमा मनोनित



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा शिक्षा तथा सामाजिक क्षेत्रमा सक्रिय दिल बहादुर कार्की मानव अधिकार तथा शान्ति समाजको केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ ।

पोखरामा सम्पन्न समाजको २३ औ राष्ट्रिय परिषदले कार्कीलाई सो पदमा मनोनित गरेको हो । उहाँ कपिलवस्तुका आधा दर्जन बढी संघसंस्थामा आवद्ध हुनहुन्छ ।

अधिवेशनले ४१ सदस्य कार्यसमिति गठन गरेको छ । जसको केन्द्रिय सभापतीमा गोविन्द खनाल उप-सभापतीमा शुशिल बस्नेत, महासचिवमा राम कृष्ण बराल, लगायत चयन हुनुभएको कपिलवस्तुका सभापति गोविन्द पोख्रेलले जानकारी दिनुभयो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिषदको उद्घाटन गर्नु भएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७ शनिबार ००:००  ६ : ३४ बजे