२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

ओली र देउवा लोकतान्त्रिक व्यवस्था समाप्त पार्ने खेलमा लागेः रामचन्द्र पौडेल



काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्व गर्ने पार्टी र आफ्नै पार्टीको सभापति मिलेर लोकतान्त्रिक व्यवस्था समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनुभएको छ ।

सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रतिनिधिसभा विघटन गर्ने सरकारका प्रधानमन्त्रीलाई राजीनामा गराउने वा अविश्वासको प्रस्ताव दर्ता गराउनुपर्ने कर्तव्यबाट विपक्षी दल नेपाली कांग्रेस च्युत भएको टिप्पणी उहाँको टिप्पणी छ ।

पार्टीले संस्थागत रूपमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसक्दा पनि नेतृत्वले त्यस तर्फ पहल कदमी नगरेको भन्दै उहाँले राज्यसत्ता र पार्टी सत्ता दुवैको नेतृत्वमा रहेकाहरूबाट लोकतान्त्रिक विधि र प्रक्रियालाई उल्लंघन गर्ने काम गरेको टिप्पणी गर्नुभयो ।

नेता पौडेलले सरकारको मात्रै नभइ पार्टी नेतृत्वको पनि चर्को आलोचना गर्नुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा पार्टीको अस्तित्व नै समाप्त पार्ने दिशामा अग्रसर भएको आरोप लगाउनुभयो । उहाँले गण्डकी प्रदेश संसदमा सत्तारुढ दलले गरेको घृणित कामको विरोध गर्न सबैलाई अपिल पनि गर्नुभयो ।

प्रकाशित मिति : १६ बैशाख २०७८ बिहिबार ००:००  ३ : १३ बजे