२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु



काठमाडौं ।


सगरमाथा आरोहणका क्रममा दुईजना विदेशी आरोहीको मृत्यु भएको छ।

एक स्वीस र एक अमेरिकी नागरिकको आरोहणका क्रममा बुधबार मृत्यु भएको सेभेन समिट ट्रेकका प्रवक्ता छाङ दावा शेर्पाले बताएका छन्। ​ स्वीजरल्यण्डका आरोही अब्दुल वारिचले साउथ समिटमा ज्यान गुमाएका छन् भने अमेरिकी नागरिक पूवई लिउको चौथो क्याम्पमा मृत्यु भएको छ।

वसन्त ऋतुको आरोहण केही दिन अघि मात्रै खुला गरिएको थियो। बुधबार रातिसम्म १५० भन्दा धेरै आरोही सगरमाथाको चुचुरोमा पुगिसकेका छन्।

यो सिजनमा सगरमाथा आरोहणका लागि ४ सय भन्दा धेरैले अनुमति पाएका छन्।

प्रकाशित मिति : ३० बैशाख २०७८ बिहिबार ००:००  ११ : २१ बजे