१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

स्पेनीस क्लव भिल्ला रियललाई युरोपा लिगको उपाधि



काठमाडौँ ।
स्पेनीस क्लव भिल्लारियलले युरोपा लिगको उपाधि जितेको छ । प्रिमियर लिग क्लव म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११–१० ले पराजित गर्दै भिल्ला रियलले पहिलो पटक युरोपा लिग जितेको हो ।

पोल्याण्डमा भएको खेलको निर्धारीत ९० मिनेट र थपिएको ३० मिनेटमा दुबै टिमबाट एक/एक गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

पेनाल्टीअघि २९औँ मिनेटमा भिल्ला रियलले खेलमा अग्रता बनाएको थियो । उसका लागि जेरार्ड मोरेनोले गोल गरे ।

भिल्ला रियलविरुद्ध युनाइटेडले ५५औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । उसका लागि इडिन्सन काभानीले गोल गरेका थिए ।

सिमित दर्शकसहित भएको फाइनलको पेनाल्टीमा युनाइटेडले १० वटा प्रहार गर्दा भिल्ला रियलले ११ वटा प्रहार गर्‍यो ।

युनाइटेडका गोलरक्षक डेविड डी हेयाले सडेन डेथमा प्रहार गरेको पेनाल्टी भिल्ला रियलका गोलकिपर रुल्लीले बचाएका थिए । लगत्तै रुल्लीले गोल गर्दै टिमलाई च्याम्पियन बनाए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८ बिहिबार ००:००  ७ : ५१ बजे