१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

एमालेले सुदूरपश्चिमका तीन मन्त्रीसँग स्पष्टीकरण माग्यो



काठमाडौं ।
एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई बिहीबार स्पष्टीकरण सोधेको छ । एमाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो ।

बुधबार मात्र एमालेको सुदूरपश्चिम संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

एमाले स्थायी कमिटी बैठकले भने माओवादी नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीहरुलाई फिर्ता आउन निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८ बिहिबार ००:००  ४ : ५३ बजे