१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सहमतिमै पार्टी अलग गर्नुपर्ने बाबुरामको सुझाव



काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सहमति मै पार्टी अलग गर्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो विचार लेख्दै सहमतिमै अलग हुनुपर्ने बताएका हुन् । उनले भनेका छन्, “हातमिलाएर आ–आफ्नो बाटो लागौं । हिडिरहे फेरि भेट हुनेछ ।’

अहिले जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र महतोबीच विवाद चुलिएको छ । एकले अर्काका सदस्य तथा सांसदलाई आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका छन् ।

यस्तो बेला डा. भट्टराईले तानातान अन्त्य गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘मान्छे तानातान र किनबेचको तमासा नगरौं । भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊॅ ।’

उनले अहिले नयाँ धु्रवीकरण गर्नुपर्ने बेला आएको पनि बताएका छन् । ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो,’ उनले भनेका छन्, ‘नयॉ निर्माण निम्ति पुरानो भत्कनै पर्छ । समयले नयॉ ध्रुवीकरण खोज्दै छ।’

प्रकाशित मिति : १७ जेष्ठ २०७८ सोमबार ००:००  ९ : ३९ बजे