२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

अर्जेन्टिनामा हुने भनिएको कोपा अमेरिका फुटवल ब्राजिलमा हुने



काठमाडौं ।
कोपा अमेरिका फुटबल ब्राजिलमा आयोजना हुने भएको छ । यसअघि कोपा अमेरिका अर्जेन्टिनामा आयोजना हुने तय थियो ।

दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको हो ।

गत सिजन पनि कोपा अमेरिका ब्राजिलमा आयोजना भएको थियो । ब्राजिल साविकको विजेता टोली पनि हो ।

अर्जेन्टिनाबाट हुने भनिएको प्रतियोगिता कोरोना भाइरसको महामारीको कारण ब्राजिलमा हुने भएको हो । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८ मंगलबार ००:००  ७ : ०० बजे